Connect IPS
IME Life

नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा आह्वान, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको भाद्र २५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा आश्विन १६ गते शुक्रबार, स्टार व्याङ्क्वेट रत्ननगर, चितवनमा दिउँसो १ बजेबाट सुरू गर्ने जनाएको छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि आश्विन ८ गतेदेखि १६ गतेसम्म बैंकको शेयर दाखिला खारेज बन्द गर्नेछ । तसर्थ आश्विन ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

Prabhu
Crest

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, बैंकको आर्थिक वर्ष २०७५र७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६र७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा छ ।

त्यसैगरी, सभामा बैंकले हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बैंकले हाल कायम चुक्ता पुँजी ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँको एक बराबर एकको (१ः१) अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पुँजी १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ पुर्याउन लागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS