Connect IPS
IME Life

हिमालय एअरलाइन्सलाई आईएसओ ९००१–२०१५ प्रमाणीकरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल–चीन संयुत लगानीमा संचालित हिमालय एअरलाइन्स्ले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ हासिल गरेको छ ।

यस प्रमाणीकरणले हिमालय एअरलाइन्स्कोे सम्पूर्ण अपरेशन क्षेत्रमा उच्चत्तम सम्भावित मापदण्ड कायम गर्दै वायुयान मर्मत तथा इन्जीनियरिङ्ग सेवा प्रदान गर्न सक्ने दक्षता पुष्टि गर्दछ । आईएसओ ९००१–२०१५ अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्धारा विकास र प्रकाशित गरिएको एक विश्वव्यापी मान्यता प्राप्त गुणस्तरको स्तर हो जसले एक प्रभावकारी गुणस्तर प्रणाली मार्फत उत्पादन र सेवाहरुले ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न सुनिश्चित गर्दछ ।

Prabhu
Crest

हिमालय एअरलाइन्स्को आईएसओ ९००१–२०१५ मान्यतामा काम गर्ने प्रतिबद्धताले ग्राहक र नियमनकारी निकायको आवश्यकता पूरा गरी आफ्नो उत्पादन र सेवाहरु निरन्तर प्रदान गर्न सक्ने क्षमतालाई प्रदर्शन गर्दछ । आईएसओ ९००१–२०१५ अनुरुप बन्न एअरलाइन्स्ले व्यापक कम्पनी अडिटलाई अंगिकार गरेकोे छ जसमा गुणस्तर व्यवस्थापन प्रणाली विकास, व्यवस्थापन प्रणाली कागजात समीक्षा, पूर्व अडिट, प्रारम्भिक मुल्याङ्कन र नन् – कन्फर्मेन्सको निकासी समावेश थियो ।

हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भने, “यो वास्तवमै हिमालय टीमका लागि एक उपलब्धी हो जसले हाम्रा ग्राहकहरुलाई उत्तम सम्भावित गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गर्दछ । आईएसओ ९००१–२०१५ गुणस्तर व्यवस्थापन सिद्धान्तहरुमा आधारित भई निर्मित छ जसमा ग्राहकहरुलाई केन्दित गरि सेवा पुरयाउने, उच्च स्तरको संगठन व्यवस्थापनको संलग्नता, एक प्रकृया अवधारणा र एक प्रकृयाको लगातार सुधार समावेश छ । आईएसओ ९००१–२०१५ को प्रयोग गर्दा हाम्रा ग्राहकहरुले निरन्तर, उच्च गुणस्तरको वस्तु र सेवाहरु पाउने सुनिश्चित गर्न मद्धत गर्नेछ, जसले एअरलाइन्स्मा धेरै व्यवसायिक लाभहरु ल्याउनेछ ।”

प्रमाणीकरण पश्चात, एअरलाइन्स्ले हालसालै गत महिना मलेशियन एअरलाइन्स् बरहाड (एमएच) सँग सम्झौता गरेको छ । मलेशियन एअरलाइन्स् एअरफ्रेम र इन्जिनसँग सम्बन्धित लाइन र बेस मेन्टेनेन्स, वर्कशप र स्पेयर सपोर्ट सेवाका लागि प्राविधिक र स्पेयर पार्ट सपोर्ट सेवाको आफ्नो क्षमता र विद्यमान स्रोतहरुका लागि परिचित रहेको छ । यस सहकार्यको साथ अब हिमालय एअरलाइन्स् लाइन स्टेशन स्थापनाका लागि सुसज्जित भएको छ र वर्कशप क्षमताको वृद्धि सँगै अन्य एअरलाइन्स्बाट आय आर्जन गर्न इन्जीनियरिङ्ग व्यवसायको सम्भावित क्षेत्रतर्फ कार्य गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS