Connect IPS
IME Life

लकडाउन र निषेधाज्ञा अवधीको घरभाडा छुट दिन माग, महासंघले गर्यो यस्तो निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा अवधीभरको घर भाडा छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले हिजो बिज्ञप्ति निकाले यस्तो माग गरेका हुन् । महासंघले चैत्र ११ गतेदेखि साउन ६ गतेसम्म जारी लकडाउन र त्यसपछि निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको व्यवसाय प्रयोजनको लागि लिएको घर भाडा छुट दिन माग गरेको हो ।

साथै महासंघले निषेधाज्ञा र लकडाउन अवधीको बैंकको ब्याजदर छुट दिन समेत माग गरेका छन् । अध्यक्ष कटुवालले भने हामीलाई पनि त बाँच्ने आधार दिनुपर्छ हामी ऋणको ब्याज र व्यवसायको भाडा लकडाउन र निषेधाज्ञा अवधीको तिर्न सक्ने अवस्थामा छैनौं ।’ अध्यक्ष कटुवालले सरकारले व्यवसायीहरुलाई राहत दिनुपर्ने उल्लेख गरेका छन् ।

Prabhu
Crest

महासंघले बक्तव्यमार्फत लकडाउन र निषेधाज्ञाका कारण उद्योग व्यवसाय निकै ठूलो समस्यामा परेकोले घर भाडा छुट दिएर राहत दिनुपर्ने जनाएको छ । महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर ५ बुँदे माग अघि सार्दै सहकारी संस्थाबाट लिएको ऋणको ब्याज समेत छुट पाउनु पर्ने, बैंकको ब्याजको छुट पाउनुपर्ने, बन्दाबन्दी अवधीको घर भाडा पूर्ण रुपमा छुट पाउनुपर्ने, यसैगरी ५ प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई बिना धितो सहलियत ऋण दिनु पर्ने, केरुङ नाकामा रोकिएका कन्टेनरहरु छुटाउन पहल गर्नुपर्ने र साना तथा मझौला उद्योगी व्यवसायीहरुसमेतको सहभागितामा समन्वय समिति गठन हुनुपर्ने माग गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS