Connect IPS
IME Life

प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा हुने स्थान परिवर्तन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औँ साधारण सभा हुने स्थान परिवर्तन भएको छ । यसअघि कम्पनीको रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा गर्ने भनिएकोमा अब होटल ईच्छा प्राइभेट लिमिटेड, सिमरा बारामा गरिने कम्पनीले एक सुचना जारी गर्दै जानकारी दिएको छ ।

कम्पनीको भाद्र २ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार यस कम्पनीको वार्षिक साधारण सभा भाद्र २६ गते शुक्रबार गर्ने भएको हो ।

Prabhu
Crest

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लगानीकर्तालाई लाभांश भने वितरण नगर्ने भएको छ । कम्पनीले बीमा समितिको प्रावधान अनुसार एनएफआरएस अन्तर्गतको वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले लगानीकर्तालाई लाभांश वितरण प्रस्ताव गर्न नसकिएको जनाएको छ ।

उक्त सभामा कम्पनीले विशेष प्रस्ताव मार्फत संस्थापक शेयरधनीहरुको समूहमा ८० प्रतिशतको शेयर स्वामित्व र सर्वसाधारण समूहमा २० प्रतिशतको शेयर स्वामित्व रहेकोमा संस्थापक समूह ८० प्रतिशतबाट घटाई ६० प्रतिशत पुराउने र सर्वासाधारण समूहमा २० प्रतिशतबाट बढाई ४० प्रतिशतमा परिणत गर्ने भएको छ ।

कम्पनीले सभा प्रयोजनको लागि कम्पनीले भदौ १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गरेको छ । भदौ ११ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS