काठमाडौं । आजबाट सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुल्ने भएका छन् । सोमबार नेपाल राष्ट्र बैंकले राजश्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पूर्ण शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएसँगै आजदेखि ३ दिनसम्म निषेधाज्ञाकै बीचमा सबै बैंकका सम्पूर्ण शाखाहरु खुल्ने भएका हुन् ।
नेपाल राष्ट्र बैंकले हिजो एक सूचना जारी गर्दै राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो । सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई आह्वान गरेसँगै राष्ट्र बैंकले पनि बैंकका शाखाहरु खुला गर्न निर्देशन दिएको हो ।
राजश्व उठाउने म्याद यही भदौं २५ गतेसम्म भएकोले सर्वसाधारणलाई कर तिर्न सजिलो बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।