काठमाडौं । आज एकै दिन राजधानी काठमाडौंमा ३२६ जना मानिसमा कोरोना भाइरस संक्रमण भएको छ । राजधानीका विभिन्न ल्याबहरुमा गरिएको परिक्षणको क्रममा कामठाडौंमा २९३ जना, ललितपुरमा २० जना र भक्तपुरमा १३ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशैभरि कूल मृत्यु हुनेको संख्या ३०० पुगेको छ । मन्त्रालयले आज एकै दिन १४ जनाको मृत्यु भएको जनाएको छ । हिजो २८६ जना रहेकोमा आज कूल मृत्यु हुनेको संख्या ३०० पुगेको हा ।
त्यस्तै १९१ जना आईसियु र भेन्टिलेटरमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । सो मध्ये भेन्टिलेटरमा २० जना छन् ।
नेपालमा कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई १७ सय ३६ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको मन्त्रालयले जनाएको छ ।