काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गर्ने आग्रह गरेको छ।
कम्पनीले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु भइ एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट नेप्सेमा शेयर समेत सूचिकृत भइसकेको छ ।कम्पनीकोे शेयर रजिष्ट्रार सेञ्चुरी क्यापिटल रहेको छ । कम्पनीले शेयरधनीहरुलाई उक्त क्यापिटलमा सम्पर्क गरी शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको हो ।