काठमाडौं । लक्ष्मी इक्विटी फन्डको ४ दशमलव २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।फन्डले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ४ दशमलव २५ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
लक्ष्मी फन्डले लाभांश वितरण प्रयोजनका लागि भदौ २३ गते बुक क्लोज गर्दैछ । जसका कारण यस फन्डले घोषणा गरेको लाभांश आजसम्म कायम लगानीकर्ताले पाउनेछन् ।