काठमाडौं । आरएमडीसी लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आज सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको जनाएको छ ।
संस्थाले हाल कायम चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४ सय २५ को १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने समेत सस्थाले जनाएको छ ।