काठमाडौं । लुम्बिनी विकास बैंकले १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकका विभिन्न संस्थापकहरुले आफ्नो नाम रहेको शेयर बिकी गर्न निवेदन दिएकोले बैंकले ति संस्थापक शेयर बिक्रि गर्न लागेको हो ।
बैंकले र्इच्छुक तथा योग्य संस्थापक लगानीकर्तालाई यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र निवेदन दिन आग्रह गरेको हो ।