Connect IPS
IME Life

कोरोना बीमा मापदण्ड २०७७ संशोधन गर्न प्रक्रिया अघि बढाइयो, चार सदस्यीय कार्यदल गठन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ सच्याउने प्रक्रिया अघि बढाएको छ । । बीमा समितिले अर्थमन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमक संघ, सरोकारवाला निकाय अन्तर्गतका उद्योग बाणिज्य महासंघका पदाधिकारीसहित संयुक्त रुपमा छलफलपछि समितिले कोरोना बीमा मापदण्ड २०७७ मा देखिएको अप्ठेरो फुकाउने निर्णय गरेको छ । सो छलफलको निष्कर्ष बमोजिम कोरोना बीमा मापदण्ड २०७७ संशोधनको लागि चार सदस्यीय कार्यदल गठन गरिएको बीमा समितिका उप निर्देशक निर्मल अधिकारीले बताए ।

आजै सर्वपक्षिय फलपछि कोरोना बीमा मापदण्ड २०७७ आवश्यक संशोधनको लागि समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ । सो कार्यदलमा अर्थमन्त्रालयका प्रतिनिधि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र नेपाल बीमक संघका प्रतिनिधि समावेश छन् । कार्यदलले दिएको सुझावको आधारमा  कोरोना बीमा मापदण्ड २०७७ संशोधन हुनेछ ।

Prabhu
Crest

त्यस्तै, बीमा समितिले यसअघि दावी भुक्तानीका लागि आएका दावीहरु ७ दिनभित्र भुक्तानी गर्न कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा अर्को कार्यदल गठन गरेको छ । दुवै कार्यदलको संयोजकमा कार्यकारी निर्देशक पौडेल आफै छन् ।

उता, बीमा समितिको आज बसेको बैठकले समस्या सुल्झाउनुको साटो सर्वसाधारणलाई कोरोना रोगको परिक्षण नेपाल सरकार स्वास्थ्य मन्त्रालय मातहतकै अस्पतालमा वा निकायमा गराउन निर्देशन जारी गरेको छ । अझै पनि सर्वसाधारणलाई स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायमा कोरोनाको पिसिआर परिक्षण गराउन निर्देशन जारी गर्नुले महामारीको मौकामा कोरोना बीमा भन्दै जनतालाई प्रलोभनमा पारेर बीमा गर्ने र दावी भुक्तानी बढ्दै जाँदा दायरा साँघुरो पार्ने मनस्थिति अझै विद्यमान रहेको देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS