काठमाडौं । साताको पहिलो दिन नेप्से १० दशमलव ४५ अंकले घटेर १४९९ दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज १ सय ९१ कम्पनीको ७० लाख ३८ हजार ९ सय ९० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको छ ।
टेड्रिङ र म्युचअल फण्ड बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ । सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको ४० करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल बैंककोे ११ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।
उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९० प्रतिशतका दरले गुमाएका छन् भने अरुण भ्याली हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् ।
इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ताले ९दशमलव ८७ प्रतिशतका दरले गुमाएका छन् भने रसुवागढी हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव २९ प्रतिशतका दरले गुमाएका छन् ।