काठमाडौं । सुपर माई हाइड्रोपावर कम्पनी लिमिटेडले छैटौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले असोज १७ गतेको लागि वार्षिक साधारण सभा आह्वान गरेको हो ।
कम्पनीको भाद्र १६ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको छैटौँ वार्षिक साधारण सभा असोज १७ गते गर्ने निर्णय गरेको हो । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौंमा हुने जनाएको छ ।
सभामा कम्पनीको सञ्चालक समितिको बैठकले निर्णय गरेबमोजिम चुक्ता पूँजीको ७ दशमलव १५७९ प्रतिशत दरले नगद लाभांश (कर सहित) दिने विशेष प्रस्ताव रहेको छ ।