काठमान्डौ। डा. युवराज खतिवडाले अर्थमन्त्रीको रुपमा ३० महिना काम गरेकामा लगानीकर्ताले भने डा खतिवडालाई सकारात्मक रुपमा हेर्ने सकेनन। सुरु सुरुमा शेयर बजार प्रति नकारात्मक रुपमा प्रस्तुत भए पनि -पछि भने डा. खतिवडा शेयर बजार प्रति त्यति नकारात्मक भएको अनुभूति थिएन। तै पनि डा. युवराज खतिवडाको राजिनामा धेरै लगानीकर्ताहरु खुशी नै थिए । अर्थमन्त्रीको राजिनामा पश्चात धेरै लगानीकर्ताहरुले सामाजिक संजालमा खुशी व्यक्त गरेका थिए ।
डा. युवराज खतिवडाको पालामा नेप्से परिसूचकले कस्तो गर्यो ?
डा. खतिवडा ३० महिना अर्थमन्त्री हुँदा नेप्से परिसूचक भने १३५ दशमलव ६९ अंकले वृद्धि भएको थियो । डा. खतिवडाले २०७४ साल फाल्गुन १४ गते अर्थमन्त्री नियुक्त भएका थिए । डा. खतिवडा अर्थमन्त्री नियुक्त हुनुअघि नेप्से परिसूचक १३७४ दशमलव ७३ को विन्दुमा बन्द भएको थियो । राजिनामा दिनु अघि नेप्से परिसूचक १५१० दशमलव ४२ को विन्दुमा बन्द भएको छ । यसरी डा. युवराज खतिवडाको ३० महिने कार्यकालमा नेप्से परिसुचक करिव १० प्रतिशतले वृद्धि भएको छ ।
डा. खतिवडा गत फागुन २१ गते अर्थमन्त्रीमा पुनः दोहोरिएका थिए । राष्ट्रिय सभा सदस्यको दुई वर्षको अवधि पूरा भएपछि संघीय संसदको सदस्य नभए पनि ६ महिनासम्म मन्त्री बन्न पाइने व्यवस्था अनुरुप उनी पुन अर्थमन्त्री भएका थिए।