काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा काठमाडौैंको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना पुष्टि भएको हो । न्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३ सय ८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका छन् ।आज नेपालभर १३ सय ५९ जना संक्रमित थपिएका छन् ।