काठमाडौं । यो साता नेप्सेमा दुई कम्पनीको ३४ लाख ९१ हजार ९ सय ३२ कित्ता शेयर सुचिकृत भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था र शिखर इन्स्योरेन्सको शेयर सुचिकृत भएको हो ।
सामुदायिक लघुवित्तको नेपाल स्टक एक्सचेन्ज नेप्सेमा चुक्ता पूँजीको ३२ प्रतिशतले हुन आउने ३ लाख २० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीको ३० प्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीले उक्त हकप्रद बापतको ३१ लाख ७१ हजार ९३२ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।