Connect IPS
IME Life

जीवन बीमा कम्पनीहरु लगानी विस्तार गर्दै, रियलस्टेटदेखि ऋणपत्रसम्म

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आफ्नो लगानीको क्षेत्रलाई विस्तार गराउदै लगेका छन् । बीमा समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले अन्य क्षेत्रमा पनि लगानी गरेका छन् । यसअघि बीमा कम्पनीहरुले बैंकको मुद्दती निक्षेपमा मात्र राख्ने गरेका थिए । गत वर्ष बीमा समितिले लगानी निर्देशिका जारी गरेसँगै बीमा कम्पनीहरुलाई अन्य क्षेत्रमा समेत लगानी गर्न पाउने बाटो खुल्ला भएको थियो । मुद्दती निक्षेपमा मात्रै सीमित रहेका बीमा कम्पनीहरुको लगानी बीमा समितिले जारी गरेको निर्देशिका केहि फराकिलो बन्दै गएको छ ।

जीवन बीमा कम्पनीहरुले नेपाल सरकारको वचतपत्र तथा ऋणपत्र,नेपाल पुर्वधार बैंकको मुद्दती निक्षेप, घर जग्गामा लगानी, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार, म्युचअल फण्ड र नागरिक लगानी कोष र अन्य लगानीका क्षेत्रहरुमा समेत लगानी गरेका छन् ।

Prabhu
Crest
Source :Beema Samiti

बीमा समितिको तथ्याङ्क अनुसार असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले बैंकको मुद्दती निक्षेपमा २ खर्ब ३४ अर्ब रुपैयाँ र अन्य क्षेत्रमा गरेको लगानी मार्फत ५० अर्ब २६ करोड गरि कुल २ खर्ब ८४ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले चौथौ त्रैमासको अन्त्यसम्ममा क वर्गका बैंक, ख वर्गको बैंक र ग वर्गका बैंकहरुमा २ खर्ब ३४ अर्ब ४१ करोड रुपैयाँ मुद्दती निक्षेपमा रकम संकलन गरेका छन् । समितिको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले क वर्गका बैंकहरुमार्फत २ खर्ब ८ अर्ब ६१ करोड रुपैयाँ, ख वर्गका बैंकहरुमा २३ अर्ब ३५ करोड ६९ लाख रुपैयाँ, ग वर्गका बैंकहरुमा २ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ गरि कुल २ खर्ब ३४ करोड ४१ लाख रुपैयाँ मुद्यती निक्षेपमा लगानी गरेका छन् ।

Source : Beema Samiti

त्यस्तै मुद्यती निक्षेप बाहेक जीवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वधारका क्षेत्रमा धेरै लगानी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्र २० अर्ब ७२ करोड ३६ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा १० अर्ब ८६ करोड ६४ लाख रुपैयाँ, कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वधारमा ७ अर्ब ६६ करोड रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चरमा ५ अर्ब ७८ लाख, म्युचअल फण्ड र नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा २ अर्ब ८५ करोड रुपैयाँ, नेपाल पुर्वधार, म्युचअल फण्ड र नागरिक लगानी कोषमा एक अर्ब ६६ करोड रुपैयाँ, अन्य लगानीमा १ अर्ब ३५ करोड रुपैयाँ, नेपाल पूर्वधार बैंकको मुद्यती निक्षेपमा ५३ करोड २५ लाख रुपैयाँ र घर जग्गामा ३६ करोड २४ लाख रुपैयाँ लगानी गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS