Connect IPS
IME Life

एनसेलले ल्यायो ननस्टप योजना, यस्तो छ फाइदा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनसेलले आफ्ना फोरजी ग्राहकका लागि विभिन्न अफरहरू ल्याएको छ । कम्पनीले ननस्टप योजना अन्तर्गत ग्राहकले युट्यूब, टिकटक र फेसबुकको ननस्टप प्याकेजमा बोनस डेटाको फाइदा समेन लिन सक्ने छन् ।

हाल सञ्चालनमा रहेको ननस्टप युट्यूबप्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरू ल्याएको बताइएको छ । ‘प्लस’ थिमअन्तर्गत ल्याइएका यी ननस्टप अफरहरू बिहीवारदेखि सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीका अनुसार आफूलाई मन पर्ने सामाजिक सञ्जालको प्याक सुचारु गरेपछि प्याकको समयसीमा बाँकी भएसम्म ननस्टप प्रयोग गर्न सकिने छ । ग्राहकले ७ दिनको ननस्टप टिकटक प्याक १०० रुपैयाँमा सुचारु गरेपछि अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जीबी डेटा बोनस स्वरूप प्राप्त गर्ने छन् ।

साथै, युट्यूब हेर्न चाहने ग्राहकका लागि ननस्टप युट्यूब प्याक पनि रहेको छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार करसहित २५ रुपैंयाँमा १ दिनका लागि यो प्याक सुचारु गर्न सक्ने छन् । त्यस्तै ग्राहकले ४ जीबी बोनस डेटासहितको ७ दिनका लागि युट्यूब वा फेसबुकको कम्बो प्याक करसहित १९१ रुपैयाँमा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटासहितको ननस्टप युट्यूब प्याक करसहित ४५९ रुपैयाँमा खरीद गर्न सक्ने छन् । कम्पनीका अनुसार बोनस डेटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि पनि प्रयोग गर्न सक्नेछन् ।

ग्राहकले उल्लेखित ननस्टप प्याक सुचारु गरेपछि हरेक दिन ५०० एमबीका दरले ७ दिनसम्म करसहित २५ रुपैयाँमा ३ हजार ५०० एमबी थप डेटो लिन सक्ने छन् । उक्त डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्यूब चलाउनका लागि प्रयोग गर्न सक्ने छन् ।

अफर सुचारु गर्न *१७१२३३#डायल गर्नुपर्ने कम्पनीले जनाएको छ । त्यसपछि त्यहाँ दिएको निर्देशन अनुसार सेवा सुचारु गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS