Connect IPS
IME Life

युनिभर्सल पावरको नाफा बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफामा बृद्धि गरेको छ ।

कम्पनीले गत आर्थिक वषृमा ५ करोड ७१ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा २ करोड ८८ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९८ प्रतिशतले बढी हो ।

Prabhu
Crest

यस अवधिमा कम्पनील प्रशासनिक खर्च ६४ लाख ६९ हजार रुपैयाँ र हस कट्टी ४ लाख ९९ हजार गरी कूल ६९ लाख ६८ हजार ९९८ रुपैयाँ रहेको छ । आयकरअघि ७ करोड ६१ लाख ४३ हजार नाफा आर्जन गरेको कम्पनीले १ करोड ९० लाख ३५ हजार रुपैयाँ कर तिरेको छ ।

चुक्ता पूँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोष १० करोड १४ लाख ६८ हजार रहेको छ। सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २.७२ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १०४।८३ रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर कूल सम्पत्तीको मूल्य १६९।२२ रुपैयाँ रहेको छ ।

कम्पनीले दोलखा जिल्लामा अवस्थित खारे खोलामा हाल निर्माण गरिरहेको ११ मेगावाटको जलविद्युत आयोजनाबाट विद्युत उत्पादन नहुँदै कम्पनीले अन्य स्रोतको आम्दानीबाटै ८ करोड ३१ लाख १२ हजार आम्दानी गर्दा नाफा बढेको हो । अघिल्लो आवमा कम्पनीको अन्य आम्दानी ४ करोड ५६ लाख ९६ हजार थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS