काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले आफ्नो २ सामुहिक लगानी कोष योजनाको लाभांश वितरणका लागि प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्विटी फण्डको लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको हो ।
जस अनुसार क्यापिटलले दुवै योजनाको लागि भदौ २५ गते बुक क्लोज गरेको छ । भदौ २४ गतेसम्म इकाईधनीले योजनाको लाभांश पाउँन सक्ने छन् ।
नबिल ब्यालेन्स फण्ड २ का इकाईधनीहरुले कर सहित ९ प्रतिशत दरले हुन आउने १० करोड ८ करोड रुपैयाँ र नबिल इक्विटी फण्डका इकाईधनीले कर सहित ६ प्रतिशतले हुन आउने ७ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिफल घोषणा गरेको छ ।