काठमाडौं । एनआईसी एशिया क्यापिटलको चौथो वार्षिक साधारण सभा भदौ १८ गते (बिहिबार) हुने भएको छ । उक्त सभा क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजे हुने भएको हो ।
सभाले १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले आव २०७६/७७ को वार्षिक प्रतिबेदन माथि छलफल गरी पारित गर्नेछ ।त्यस्तै, सभामा आर्थिक बर्ष २०७७/०७८ को लागि कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरिक्षण समितिको सिफारिस बमोजिम लेखापरिक्षणको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने बिषयमा समेत छलफल हुने भएको छ ।