Connect IPS
IME Life

२०७७ असार मसान्त सम्ममा कायम जीवन बीमा पोलिसीको सङ्ख्या ७५ लाख नाघ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चौथौ त्रैमासको अवधिसम्ममा कायम रहेको जीवन बीमालेखको संख्या ७५ लाख ६० हजार २६० पुगेको छ । हाल सञ्चालनमा रहेका १९ वटा कम्पनीहरुमध्ये १८ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा पोलिसी बिक्री गरेका हुन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थाले भने आफनो वित्तीय विवरणमा बीमा पोलिसी संख्या प्रस्तुत गरेको छैन ।

असार मसान्तसम्ममा सबैभन्दा धेरै बीमा पोलिसी जारी गर्ने कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स यद्यपि तथ्याङ्कमा देखिए पनि बास्तविकता भने त्यस्तो होइन । कम्पनीले असार मसान्तसम्ममा १७ लाख ५१ हजार वटा बीमा पोलिसी कायम रहेको छ । उक्त संख्यामा म्यादी बीमा समेत गणना गरिएको कारण धेरै देखिएको हो । सो संख्याबाट म्यादी बीमाको संख्या घटाउँदा न्यून हुन आउँछ ।

Prabhu
Crest

जीवन बीमा पोलिसी जारी गर्ने कम्पनीहरुको सूचिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि छ । नेपाल लाईफ इन्स्योरेन्समा गत आवको असार मसान्त सम्ममा १३ लाख ४ हजार वटा बीमा पोलिसी कायम छ ।दोेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन रहेको छ । कम्पनीमा चौथौ त्रैमासको अवधिसम्ममा ११ लाख १ हजार वटा बीमा पोलिसी कायम छ।

त्यस्तै, नेशनल लाइफमा ८ लाख १० हजार, मेट लाइफले ७ लाख ६२ हजार रुपैयाँ, सूर्या लाइफमा ३ लाख ९ हजार, एशियन लाइफमा २ लाख ९० हजार, प्राईम लाइफमा २ लाख ९० हजार, यूनियन लाइफमा २ लाख ७८ हजार, गुराँस लाइफमा १ लाख ६५ हजार, सिटिजन लाइफमा १ लाख २४ हजार र आइएमई लाइफमा १ लाख १८ हजार वटा बीमा पोलिसी जारी गरेका छन् ।

एक लाख भन्दा कम बीमा पोलिसी कायम रहने कम्पनीहरु प्रभु लाइफले ९७ हजार, ज्योति लाइफ ५० हजार, सन नेपाल लाइफ ४३ हजार, सानिमा लाइफ २७ हजार, रिलायन्स लाइफ १७ हजार र १२ हजार र महालक्ष्मी लाईफ १२ हजार वटा बीमा पोलिसी कायम राखेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS