काठमाडौं । नयाँ जीवन बीमा कम्पनी मध्ये सबै भन्दा पहिला रिलायन्स लाईफले आईपीओ बाँडफाँड प्रक्रिया सम्पन्न गरेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कूल पाँच लाख ६७ हजार जनाले १० कित्ताका दरले शेयर पाएका हुन् ।
रिलायन्स लाईफको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १०७ रुपैयाँ र अधिकतम ३२२ रुपैयाँसम्म रेञ्ज पाउने सम्भावना छ।
पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । रिलायन्स लाईफको आर्थिक वर्ष ७६/७७ असार मसान्तको अपरिष्कृत तर लेखापरीक्षकबाट प्रमाणित वित्तीय विवरण भएकोले कम्पनीको आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य १०७ रुपैयाँ ५९ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ।