Connect IPS
IME Life

गाउँगाउँमा चल्न थाल्यो, कोरोना बीमाको अभियान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना संक्रमण बढ्दै गईरहेको बेला सरकारले ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको कोरोना बीमा गाउँ–गाउँमा अभियानमा रुपमा सञ्चालन हुन थालेको छ ।

पाँचखाल नगरपालिका वडा नं पाँचले ५० प्रतिशत छुट गराउँदै स्थानीयबासीको कोरोना बीमा गराउने अभियान सुरु गरेको छ । कोरोना बीमाको बिषम परिस्थतीमा वडाका बासिन्दाको स्वास्थ्य सुरक्षामा चासो राख्दै ती वडाले हाल कोरोना बिमाका लागि सिफारिस दिन थालेका छन् ।

Prabhu
Crest

हाल नगरका २, ३, ४, ५ र ९ नम्बर वडाले ५० प्रतिशत प्रिमियम छुट दिई अजोड इन्स्योरेन्समा कोरोना बीमा गर्ने अभियान नै चलाइएको छ । सम्बन्धित वडा कार्यालयहरुले नै कोरोना बीमाको प्रचारमा जुटेको स्थानीयबासीले जनाएका छन् । एक लाख रुपैयाँको कोरोना बीमा गर्दा बिमाङ्क रकमको लागि ६ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ तर वडा कार्यालयको सिफारिसमा ५० प्रतिशत छुट अर्थात् ३ सय रुपैयाँ प्रिमियम तिरेपछि स्थानीयवासीको कोरोना बीमा हुने भन्दै वडाले सार्वजनिक अभियान सुरु गरेको छ ।

बीमा कम्पनी अजोड इन्स्योरेन्सले हाल पाँचखालका पाँच वडाका बासिन्दाको ५० प्रतिशत प्रिमियम छुटमा कोरोना बीमा गराउन सुरु गरेको जनाएको छ । अजोड इन्स्योरेन्सको बनेपा शाखाको संयोजनमा गाउँ गाउँमा बीमा अभियान चलाइएको सो कम्पनीले जनाएको छ । बीमा कम्पनीको नियमानुसार कोरोना बीमाअन्तर्गत पिसीआर परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएपछि एक लाख रूपैयाँ बीमा रकम प्राप्त गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS