Connect IPS
IME Life

६३ बर्षमा एलआईसी इण्डियाको यस्तो प्रगति, भारतको बजेटभन्दा ठूलो जीवन बीमा कोष, विश्वकै नमुना बन्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतीय जीवन बीमा निगम (एलआईसी इण्डिया) आजबाट ६४ औं वर्षमा प्रवेश गरेको छ । विश्वको जीवन बीमा बजारमा नुमना प्रस्तुत गर्दै अघि बढेको एलआईसी इण्डियाले सेप्टेम्वर १, १९५६ बाट कारोबार सुरु गरेको थियो । भारतीय बीमा बजारमा अझैसम्म पनि एकाधिकार कायम गर्न सफल एलआईसी इण्डियाले ६४ वर्षमा गरेको प्रगति भने संसारकै लागि नमुना बन्न पुगेको छ । नेपाली बीमा कम्पनीहरुले भविष्यमा देख्ने सपना जस्तै लाग्ने एलआईसीको ६३ बर्षे यात्रा साँच्चै लोभलाग्दो छ ।

समयमै दावी भुक्तानी र विश्वासलाई मुख्य नारा दिएको कम्पनीले यस अवधीमा हत्तपत्त जोकसैले नपत्याउने प्रगति गर्न सफल भएको छ । ६३ बर्षअघि कूल पाँच करोड भारु चुक्ता पुँजिबाट सुरु भएको एलआईसी इण्डिया कम्पनीको सन् २०१३ मा पाँच करोडबाट बृद्धि गरी १०० करोड भारु पुरु्याइएको छ । चुक्ता पुँजि जम्मा एक अर्ब मात्रै भएपनि कम्पनीको कारोबार भने सयौं खर्ब माथि छ । यसले बीमा व्यवसायको लागि चुक्ता पुँजि मात्रै ठूलो कुरो होइन भन्ने देखाउँछ ।

Prabhu
Crest

जीवन बीमा व्यवसायबाट एलआईसी इण्डियाले नेपाली रुपैयाँ झण्डै ५०० खर्ब अर्थात ३११ खर्ब ४४ अर्ब ९६ करोड पाँच लाख भारतीय रुपैयाँ जीवन बीमा कोषमा संचित गरेको छ । जुन भारत सरकारले चालु आर्थिक वर्षको लागि तय गरेको बजेट भन्दा ७ खर्बले भारुले बढि हो । चालु आवको लागि भारत सरकारले बनाएको कूल बजेट ३०४ खर्ब २२ अर्ब ३० करोड छ भने कम्पनीको जीवन बीमा कोष ३११.४ खर्ब भन्दा ठूलो छ । अघिल्लो वर्षको तुलनामा २०१९।२० मा एलआईसी इण्डियाको जीवन बीमा कोष २८ खर्बले बृद्धि गर्न सफल भएको देखिएको छ ।

विश्वभर ४० करोड संचयकर्ता भएको एलआईसी इण्डियामा बार्षिक दुई करोडभन्दा बढि नयाँ बीमित संचय गर्न आवद्ध हुने गरेका छन् । एक अर्ब ३७ करोड भन्दा बढि जनसंख्या भएको देशको दुई तिहाई बजार हिस्सा ओगट्न सफल एलआईसीमा गत वर्ष केही विवादहरु आएका थिए । कम्पनीको लगानी विविधिकरण अन्तर्गत घरजग्गामा गरिएको लगानीका कारण कम्पनीमाथि पर्न सक्ने असरहरुको बारेमा चर्चा भएको थियो । एक अनौपचारिक तथ्याङ्क अनुसार एलआइसीले जम्मा १० खर्ब अर्थात ३ प्रतिशत मात्रै रियलस्टेटमा लगानी गरेको छ भने ६७ प्रतिशत लगानी सरकारी सेक्युरिटीमा लगानी गरेकोले बाहिर हल्ला भएजस्तो ठूलो जोखिम नदेखिएको आर्थिक विश्लेषक आरती किसानन्ले उल्लेख गरेकी छिन् ।

एलआईसीमा १२ लाख आठ हजार ८२६ जना एजेन्टहरु आबद्ध छन् । कम्पनीको गत वर्षको बीमा कारोबार हाईलाईट अनुसार दुई करोड १९ लाख २५ हजार नयाँ पोलिसी बिक्री गर्न सफल भएको छ भने भारतीय बीमा बजारमा कम्पनीको हिस्सा ७५.९० प्रतिशत समग्रमा र ६८.७४ प्रतिशत प्रथम बीमा शुल्कमा ओगट्दै आएको छ । आव २०१९।०२० मा आम्दानी मात्रै ६१ खर्ब ५८ खर्ब ८२ करोड गर्त वर्ष आम्दानी गरेको कम्पनीको कूल सम्पत्ति ३१९ खर्ब ६२ खर्ब १४ करोड ८१ लाख भारतीय रुपैयाँ रहेको छ । देशैभरि ११३ वटा डिभिजन अफिस, २०४८ वटा शाखा कार्यालय, १५२६ वटा स्यालेलाईट कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको एलआईसी इण्डियाले नेपालमा समेत एलआइसी नेपाल कम्पनी लि. कम्पनीमा लगानी गरेको छ । यद्यपि नेपालको एलआईसी नेपाल नेपालको कानुन र कम्पनी ऐन अन्तर्गत स्वतन्त्र रुपमा संस्थापित कम्पनी हो । एलआईसी इण्डियाले प्राप्त गरेको उपलब्धी सो कम्पनीले नेपालमा गरेको लगानीको सीमाभन्दा बढि दायित्व र जोखिम बहन गर्दैन ।

कम्पनीमा शक्तिशाली अध्यक्षका रुपमा एमआर कुमार छन् भने प्रबन्ध निर्देशकहरु टिसी सुशिल कुमार, विपिन आनन्द, मुकेश कुमार गुप्ता र राजकुमार छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS