काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्विटी फण्डले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । फण्डले भदौ २३ गते १ दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको जनाएको छ ।
यस सँगै भदौ २२ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन् । लक्ष्मी इक्विटी फण्डले इकाईधनीहरुलाई कर सहित ४.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।