काठमाडौं । साताको दोस्रोे दिन नेप्से २२ दशमलव ३१ अंकले बढेर १४८४ दशमलव ९९ को विन्दुमा कायम भएको छ । आज १ सय ८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ ।
होटल बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको २८ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेको इन्स्योरेन्सको १७ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।
शिखर इन्स्योरेन्सका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् भने सानिमा माई हाईड्रोपावरका लगानीकर्ताले ४ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।अरुण काबेली लगानीकर्ताले ४ दशमलव ७२ प्रतिशतका दरले गुमाएको छ भने कालिका पावरका लगानीकर्ताले ४ दशमलव ६७ प्रतिशतका दरले गुमाएका छन् ।