Connect IPS
IME Life

रिलायबल नेपाल लाईफ चौथो बर्षमा प्रवेश, देशैभरि विविध कार्यक्रम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । चौथो बर्षिकोत्सवको अवसरमा कम्पनीले दीर्घकालिन समृद्धिमा जोड दिँदै बोनस दरमा केन्द्रीत हुने प्रतिबद्धता जनाएको छ ।

चौथो वर्ष प्रवेश गरेको अवसरमा रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ नारायणबाबु लोहनीले भने, ‘हाम्रो अबको लक्ष्य डिजिटल प्रविधिमैत्री अपनाउनु, नेटवर्क बृद्धि गर्दै अघि बढ्नु र दक्ष जनशक्तिमार्फत दीर्घकालिन व्यापार बृद्धि अबको हाम्रो लक्ष्य हुनेछ ।’ सिईओ लोहनीले बोनस दर बृद्धि गराउन भूमिका निर्वाह गर्ने बताएका छन् । लोहनीले लगानी थप व्यवस्थिति गर्दै बोनसदर बृद्धि हुने गरी अघि बढ्ने चौथो वर्ष प्रवेशको अवसरमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

Prabhu
Crest

कम्पनीले चौथो बर्ष प्रवेशको अवसरमा देशैभरि विविध कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत देशका ७ वटै प्रदेशका विभिन्न ठाउँहरुमा सहयोगहरु वितरण गरेर बार्षिकोत्सव मनाइएको कम्पनीका सिनियर म्यानेजर शैलेन्द्र श्रेष्ठले बताए । कम्पनीले सहज भएका ठाउँमा कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको जनाइएको छ । त्यस्तै, चौथो वर्ष प्रवेश गरेको अवसरमा काठमाडौं केन्द्रीय कार्यालयले फुड बैंकमा खाद्यान्न सहयोग गरेको कम्पनीले जनाएको छ ।

२०७४ साल भदौं १५ गतेबाट कारोबार सुरु गरेको रिलायबल लाईफ इन्स्योरेन्स कम्पनी सबैभन्दा धेरै बीमा पोलसी जारी गर्दै पहिलो बन्न सफल भएको छ । त्यस्तै मुनाफाको आधारमा पनि रिलायबल नेपाल लाईफ इन्स्योरेन्स निकै अगाडि अर्थात छैटौं स्थानमा छ भने गत वर्ष कम्पनीले एक अर्ब ५७ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले जीवन बीमा कोषमा एक अर्ब १७ करोज संचित गरेको छ । गत आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेपछि आईपिओ जारी गर्ने प्रक्रियामा कम्पनी अघि बढ्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS