काठमाडौ । ग्लोबल आईएमई समुन्नत योजना १ ले आफ्ना इकाईधनीहरुलाई ४ प्रतिशत प्रतिफल दिने निर्णय गरेको छ । ग्लोबल आईएमई समुन्नत योजना–१ को व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलको हिजो साँझ बसेको १२० औं सञ्चालक समितिको बैठकले सो प्रतिफल वितरण गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले सो फण्डको आव २०७६।०७७ को लेखापरिक्षण सकिएको भन्दै चार करोड रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । ग्लोबल आईएमई क्यापिटलका सिईओ पारसमणि ढकालले नेप्सेले पत्र लेख्दै सो सम्बन्धमा जानकारी गराएका छन् ।