काठमाडौं । अरुण काबेली पावरले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा आफनो नाफा बढाएको छ । यस अवधिमा विद्युत् विक्री आम्दानी बढेसँगै कम्पनीको नाफा पनि बढेको छ ।
कम्पनीले चौथौ त्रैमासकोे अवधिसम्ममा १० करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले एक लाख ५० हजार रुपैयाँ नाफाआर्जन गरेकोे थियो ।अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा १० करोड ९६ लाख रुपैयाँले बढी हो । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले विद्युत् विक्री बापत ४० करोड ७३ लाख रुपैयाँ आम्दानी गरेपछि कम्पनीको नाफामा सुधार दखिएको हो ।
कम्पनीको हालको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ करोड ४२ लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लोे आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोष १ करोड ५३ लाख ऋणात्मक थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ २८ पैसा रहेको छ ।