Connect IPS
IME Life

सगरमाथा इन्स्योरेन्सको २३ औं साधारणसभा सम्पन्न, अध्यक्ष मानन्धर र सिईओ क्षेत्रीले गरे यस्तो प्रतिबद्धता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको २३ औं साधारणसभा सन्पन्न भएको छ । नेपालको इतिहासमा पहिलो पटक डिजिटल माध्यमबाट साधारणसभा सम्पन्न गरेको सगरमाथा इन्स्योरेन्सले आव २०७५।०७६ मा लाभांश वितरण नगर्ने प्रस्ताव पारित गरेको छ । अघिल्लो आवमा ठूलो मात्रामा लाभांश वितरण गरेको कम्पनीले यस वर्ष लाभांश वितरण गर्न नसकेको हो ।

डिजिटल रुपमा जुम एप्समार्फत सम्पन्न भएको साधारणसभामा अध्यक्ष आरके मानन्धरले आगामी वर्ष मुनाफा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साधारणसभामा उनले कम्पनीको बीमा व्यवसाय बृद्धि हुँदै गएकाले आगामी दिनमा मुनाफा वितरण गर्न कुनै समस्या नरहेको समेत जानकारी दिए ।

Prabhu
Crest

साधारणसभामा एनएफआर एस र सापटी लिएर गत वर्ष मुनाफा वितरण गरेकोमा यस वर्ष सो ऋण कोषमै फिर्ता गर्नु परेकाले पनि मुनाफा वितरण गर्न नसकिएको प्रष्टिकरण दिइएको छ । लगानीकर्ताहरुले लाभांश नदिएको घटनाको सम्बन्धमा निकै चासो राखेका थिए । अध्यक्ष मानन्धर र सिईओ क्षेत्रीले भने आगामी वर्ष मुनाफा वितरण गर्न सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सगरमाथा इन्स्योरेन्सका अध्यक्ष मानन्धरले कम्पनीले आर्थिक वर्ष २०७५।७६ मा अघिल्लो आवको तुलजनामा १ अर्ब ८१ करोडले वृद्धि गरी २ अर्ब १९ करोड ४७ लाख ४६ हजार रुपैयाँ प्रिमियम संकलन गरेको जानकारी जुममार्फत साधारणसभामा सहभागीहरुलाई दिएका छन् ।
गत आवमा कम्पनीले १८.४३ प्रतिशतले बीमाशुल्क संकलन बढाएको जानकारी दिइयो भने कम्पनीको बीमाकोष, महाविपत्ति तथा अन्य जगेडा कोष गरी ७३ करोड ८ लाख ७८ हजार बराबरको रहेको अध्यक्ष मानन्धरले साधारणसभामा जानकारी दिए ।

गत वर्ष चुक्ता पुँजि पुर्याउनको लागि महाविपत्ति कोषबाट सापटी लिएर बोनस शेयर वितरण गरिएको जनाउँदै सिईओ श्रेत्रीले आगामी वर्ष प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले आगामी वर्षदेखि समयमै साधारणसभामा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

डिजिटल रुपमा बोलाइएको साधारणसभामा ६२ प्रतिशत उपस्थिति रहेको कम्पनीले जनाएको छ । साधारणसभामाले मर्जरमा जाने प्रस्ताव पारित गर्दै मर्जर सम्बन्धी अधिकार सञ्चालक समितिलाई दिएको छ । साथै साधारणसभामाले आर्थिक वर्ष २०७५।०७६ को वित्तीय विवरण, लेखा परिक्षण प्रतिवेदन पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS