काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा आज हुँदैछ । संस्थाको श्रावण १९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको आर्थिक वर्ष २०७५/७६ को सातौं वार्षिक साधारण सभा केन्द्रिय कार्यालय, चित्लाङ्ग, थाहा नगरपालिका ९ मकवानपुरमा बिहानको ११ बजेबाट सुरू हुने जनाएको छ ।
संस्थाले सभामा गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर तथा ७ दशमलव ५ प्रतिशत नगद लाभांश ९कर प्रयोजन समेत० वितरण गर्ने भएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि संस्थाले चैत्र ४ गते एक दिनका लागि संस्थाको शेयर दाखिल खारेज बन्द गरेको थियो । त्यसकारण चैत्र ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।