काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले पिसिआर परीक्षणमा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई उक्त छुट प्रदान गर्नका लागि सूरिया हेल्थ केयर प्रा.लि.सँग सहकार्य गरेको जनाएको छ ।
कोभिड–१९ ले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकका ग्राहकहरुलाई थप सहयोग पुगोस भन्ने उद्देश्यले यस्तो सुविधा ल्याएको बैंकले जनाएको छ ।
उक्त सहकार्य पछि बैंकका ग्राहकले विशेष छुटका साथ सहुलियत दरमा पिसिआर परिक्षणको सुविधा पाउने भएका हुन् ।
बैंक र हेल्थ केयरको सहमति अनुरुप अब कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले सूरिया हेल्थ केयरमा कोरोना संक्रमण सम्बन्धी गरिने पिसिआर परिक्षण गर्दा १५ प्रतिशतको छुट प्राप्त सक्नेछन् ।
हालसम्म बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको जनाएको छ ।