काठमाडौं । फोब्स पत्रिको सबैभन्दा अर्बपति सूचिमा सूचिकृत नेपालका एक मात्र अर्बपति व्यापारी बिनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले आज सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै कोरोना भाइरस पोजेटिभ भएको पुष्टि गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, मेरो शुभचिन्तकहरु, आज विहान कोरोना भाइरस परिक्षणको क्रममा मलाई पोजेटिभ देखिएको छ, भगवानको कृपाले मलाई कुनै संकेत देखाएको छैन । चिकित्सकको सल्लाहमा म आईशोलेशनमा बसेको छु । मेरो सम्पर्कमा आउनु भएका सबैले कन्ट्याक ट्रेसिङमा सहयोग गर्नुहोला ।’
चौधरी समुहको लगानीमा नेपालमा बैंक तथा बीमा कम्पनीहरु सञ्चालित छन् । नबिल बैंक तथा युनाईटेड इन्स्योरेन्समा चौधरी समुहको लगानी रहेको छ ।
Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020