काठमाडौं। समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ४ गतेदेखि ८ गतेसम्म विक्रीमा ल्याएको साधारण सेयर(आइपिओ) भदौ १३ गते शनिवार बाँडफाँड गर्ने भएको छ।
सिद्धार्थ क्यापिटलका अनुसार समाज लघुवित्तको आईपीओमा १४८.८९ गुणा बढी आवेदन परेको छ। लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता एक सयमा ८६ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो। जसमा कर्मचारीलाई र सामूहिक लगानी कोषलाई छुट्याएपछि सर्वसाधारणले ८० हजार ७ सय कित्ता सेयरमा आवेदन दिएका थिए ।
लघुवित्तको आइपीओमा ५ लाख ६६ हजार ४७३ जना आवेदकबाट १ करोड २० लाख १५ हजार ८ सय २० कित्ता सेयर खरिदको लागि आवेदन परेको छ। कम्पनीको आइपिओ १० कित्ताको दरले ८ हजार ७० जना आवेदनकले मात्र पाउने देखिन्छ। आवेदन दिएका ५ लाख ५८ हजार ४ सय ३ जनाको हात भने खाली हुने विक्री प्रबन्धकले जनाएको छ।