काठमाडौं । साताको अन्तिम दिन नेप्से ४ अंकले घटेर १४५८ दशमलव ०४ को विन्दुमा कायम भएको छ ।आज १ सय ८८ कम्पनीको ४९ लाख ६७ हजार ४ सय ३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ ।
उत्पादमूलक क्षेत्र, निर्जिवन बीमा र जीवन बीमा क्षेत्र बाहेक उपसूचक राताम्मे भएको छ ।
सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको २३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेको इन्स्योरेन्सको १२ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।
एनआरएन इन्फस्ट्रक्चर लगानीतकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् भने दिव्यश्वरी हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् ।
समुदायिक लघुवित्तका लगानीकर्ताले ४ दशमलव ०७ प्रतिशतका दरले गुमाएको छ भने गुराँस लघुवित्तका लगानीकर्ताले ४ दशमलव ०४ प्रतिशतका दरले गुमाएका छन् ।