काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्तको संस्थापक सूमहको शेयर लिलामीमा ल्याएको छ । कोषले आफ्नो स्वामित्वमा रहेको उक्र शेयर भदौ ११ गतेदेखि बिक्रीमा ल्याएको छ।
कोषले आरएमडिसीको २ हजार ६३२ कित्ता र ग्रामीण विकास लघुवित्तको ३ हजार १९४ कित्ता शेयर लिलामीमा खुला गरेको हो ।
इच्छुक आवेदकले लिलामी मार्फत सकार्न चाहेको कित्ता र मूल्य अंकित गरी असोज १४ गतेसम्म निक्षेप तथा कर्जा सुरक्षण कोष गहनापोखरीमा आवेदन दिनसक्ने कम्पनीले जनाएको छ।
आवेदन गर्दा आरएमडिसीको शेयरका लागि न्यूनतम प्रतिकित्ता ३९८।७५ र ग्रामीण विकास लघुवित्तको १०९।७० रुपैयाँ अंकित गरी पेश गर्नुपर्ने जनाइएको छ। सोभन्दा बढीमा भने प्रतिस्पर्धात्मक रुपमा खरीदको लागि आवेदन दिन सक्ने कोषले बताएको छ ।