IME Life
GBIME

राजेश हमालद्वारा ६ सय जना चलचित्र प्राविधिकको कोरोना बीमा गर्ने घोषणा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अभिनेता राजेश हमालले चलचित्र प्राविधिक संघमा आबद्ध ६ सय जना प्राविधिकको कोरोना बीमा गरिदिने भएका छन् । प्राविधिक संघका पदाधिकारीहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले कोरोना बीमाका लागि प्राविधिकहरुको नामावली लिएर आउन आग्रह गरेको प्राविधिक संघले जानकारी दिएको छ । हमालले आर्थिक अवस्था कमजोर रहेका १ सय जना प्राविधिकलाई ५ हजारको दरले आर्थिक सहयोग गर्ने समेत बताएका छन् ।

Crest

केही दिनमा प्राविधिक संघको पदाधिकारीको बैठकबाट सर्वसम्मत रुपमा ६ सय जना प्राविधिकको नामावली कोरोना बीमाका लागि राजेश हमाललाई पठाउने तयारी गरेको जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS