काठमाडौं ।नबिल इन्भेष्टमेण्ट बैंकिङ अन्तर्गत संचालित दुई योजनाले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् ।
योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको हिजोे (बुधबार) बसेकोसंचालक समितिको बैठकले नबिल व्यालेन्स फण्ड २ का इकाईधनीलाई ९ प्रतिशत तथा नबिल इक्विटी फण्डका इकाईधनीलाई ६ प्रतिशत प्रतिफल घोषणा गरेको हो
आर्थिक बर्ष २०७६/७७ को लेखापरिक्षण कार्य सम्पन्न भए लगतै नबिल इन्भेष्टमेण्ट बैंकिङको बैठकले गरेको निर्णय अनुसार इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।