Connect IPS
IME Life

सिभिल लघुवित्तको हकप्रद शेयर भर्ने म्याद थप,अब कहिलेसम्म दिन पाईन्छ आवेदन?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले साउन २५ गते आइतबारबाट निष्काशन तथा बिक्री खुल्ला गरेको शतप्रतिशत हकप्रद शेयर भर्ने म्याद थपिएको छ । यसअघि संस्थाले भाद्र १४ गते आइतबारसम्म भनिएकोमा अब भाद्र २९ गते सोमबारसम्म पुर्याइएको संस्थाले एक सुचना जारी गर्दै बताएको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको एक बराबर एकको १ः१ को अनुपातमा प्रति शेयर १०० रूपैयाँ अंकित दरको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

Prabhu
Crest

लघुवित्तले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि असार १५ गते, सोमबार एक दिनको लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।
त्यसैले, असार १४ गते आइतबारसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गरेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड कमलादी, सेञ्चुरी बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा र सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS