काठमाडौं । केही समय यता नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य वृद्धि हुने क्रम जारी रहेको छ । आज भाद्र १० गते नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ४० रुपैयाँले वृद्धि भएर ७१२ प्रति कित्ता बजार मूल्य बन्द भएको हो । नेपाल पुनर्बीमा कम्पनीको बजार मूल्य करिव ६ प्रतिशतले वृद्धि भएकोमा कम्पनीको बजार मूल्य ७२६ रुपैयाँ सम्म पुगेको थियो ।
कम्पनीको आजको फ्लोरसिट हेर्दा खरिद गर्ने ब्रोकर नै आक्रामक भएको देखिन्छ । नेपाल पुनर्बीमाको सबै भन्दा धेरै ५९ नम्बर ब्रोकरबाट सर्वाधिक ३ करोड ८१ लाख बराबरको शेयर खरिद भएको छ भने ५० नम्बर ब्रोकरबाट सर्वाधिक ३ करोड ७१ लाख बराबरको शेयर बिक्री भएको छ।
दोश्रोमा ३६ नम्बर ब्रोकरबाट ३ करोड २० लाखको शेयर खरिद भएको छ भने ६ नम्बर ब्रोकरबाट २ करोड ९८ लाख बराबरको शेयर बिक्री भएको छ ।
तथ्यांक श्रोत : www.nepalstock.com.np/floorsheet