काठमाडौं । अर्थमन्त्रालयले राष्ट्रिय बाणिज्य बैंकको सञ्चालकमा प्रा.डा. उपेन्द्र कोइरालालाई नियुक्त गरेकोे छ । मन्त्रीस्तरीय निर्णयमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा प्राडा. उपेन्द्र कोइरालालाई नियुक्त गरेका हुन् ।
मन्त्रालयले गत शुक्रबार सञ्चालकमा नियुक्त गरिएको पत्र प्राप्त भएको राष्ट्रिय बाणिज्य बैंकले जनाएको छ । उनलाई बैंकको अध्यक्ष बनाउन सञ्चालकमा नियुक्त गरिएको जनाइएको छ । यसअघिका अध्यक्ष निर्मल हरि अधिकारीले राजिनामा दिएपछि बैंकको अध्यक्ष पद रिक्त छ ।