काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले हिजो प्रकाशन गरको विवरण अनुसार अघिल्लो वर्षको सोहि अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोडले बचतमा रहेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा चालु खाता घाटा ८७ दशमलव ९ प्रतिशतले घटेर ३२ अर्ब ६ करोड रुपैयाँमा कायम भएको छ ।अघिल्लो वर्ष यस्तो घाटा २६५ अर्ब ३६ करोड थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३५ करोड रहेको चालु खाता घाटा समीक्षा वर्षमा ३२ करोड ६० लाख रहेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा पुँजीगत ट्रान्सफर ८ दशमलव १ प्रतिशतले घटेर १४ अर्ब २१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४९ दशमलव १ प्रतिशतले बढेर १९ अर्ब ४८ करोड पुगेको छ ।
अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ६ करोड रुपैयाँ रहेको थियो ।