काठमाडौं । आजबाट आवेदन बन्द भएको समाज लघुवित्त वित्तीय संस्थामा एक अर्ब १९ करोड भन्दा बढिले आवेदन दिएका छन् ।
सिद्धार्थ क्यापिटलबाट प्रारम्भिक रुपमा प्राप्त विवरण अनुसार कूल पाँच लाख ६३ हजार आवेदकले एक अर्ब १९ करोड रुपैयाँ भन्दा बढिको आवेदन भरेका छन् । कतिपयले बैंकबाट समेत भरेकाले बैंकहरुको तथ्याङ्क अध्यावधिक गर्दा सो संख्यामा अझै थप हुनेछ । प्रारम्भिक विवरण अनुसार मागको १४७ गुणा बढि आवेदन परेको छ । उक्त शेयर गोलाप्रथाको माध्यमबाट भरेका मध्ये जम्मा ८ हजार ७० जनाले मात्रै न्यूनतम १० कित्ता शेयर पाउनेछन् । बाँकी सबैको रकम फिर्ता हुनेछ ।
यही साउन ४ आवेदन खुल्ला गरेकोमा आज बन्द हुँदा सो मात्रामा आवेदन भरेका हुन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कूल ८० हजार ७०० कित्ता शेयरको लागि आवेदन खुल्ला गरिएको थियो ।