काठमाडौं । नेपाल फाइनान्सको साधारणसभा स्थगित भएको छ । कम्पनीले भदौ ११ गते आइतबार सभा आह्वान गरेकोमा निषेधाज्ञाका कारण सभा स्थगित गरिएको जनाएको छ । कम्पनीले अर्को सूचना जारि नभएसम्मको लागि सभा स्थगित गरेको समेत सोही सुचनामा उल्लेख गरेको छ ।
कम्पनीले एकै पटक ८ आर्थिक वर्षको साधारणसभा आह्वान गरेको थियो । नयाँ मिति तोकिएपछि साधारणसभामा कम्पनीले आर्थिक वर्ष ६८/६९ देखिको वित्तीय विवरण, वार्षिक प्रतिवेदन, संचालक नियुक्ति अनुमोदन, लेखा परीक्षकको नियुक्ति अनुमोदन लगायतका प्रस्ताव पेश गर्ने प्रस्ताव पेश हुने छ । त्यस्तै कम्पनीले १७५ प्रतिशत हकप्रद निष्काशन प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३० करोड ५५ लाख रहेकोमा प्रस्तावित हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ८४ करोड २ लाख पुग्ने छ । कम्पनीले मर्जर तथा प्राप्तिको लागि आवश्यक प्रक्रिया बढाउन संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश गर्ने छ ।