Connect IPS
IME Life

दुई कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  यीदुई कम्पनीले भदौ ४ गतेदेखि शेयर बिक्री खुला गरेका थिए ।

रिलायन्स लाइफले १ सय रुपैयाँ दरको ६३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । इन्स्योरेन्स कम्पनीले कुल ६३ लाख कित्तामध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेर सर्वसाधारणका लागि ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

Prabhu
Crest

सर्वसाधारणका लागि ५६ लाख ७० हजार कित्ता शेयर निष्कासन भएकोमा आइतबार साँझ ५ बजेसम्ममा २ करोड ७ लाख २६ हजार ५२० कित्ता शेयरका लागि आवेदन परेको छ । कम्पनीको शेयरमा हिजो आइतबार साँझसम्ममा ५ लाख ११ हजार ३७४ वटा आवेदन परेको क्यापिटलले जनाएको छ ।

कम्पनीको शेयरमा सोमबार ५५ हजार ६२६ वटा भन्दा कम आवेदन परेकामा सबै आवेदकले १० कित्ताका दरले र कही आवेदकले गोलाप्रथाबाट २० कित्तासम्म शेयर पाउने स्थिति बन्नसक्ने सानिमा क्यापिटलले जनाएको छ ।

त्यस्तै, समाज लघुवित्त वित्तीय संस्थाले कम्पनीले कुल ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आईपीओ निष्काशन गरेकोमा संस्थाका कर्मचारीका लागि एक हजार र ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणका लागि ८० हजार ७ सय कित्ता शेयर बाँडफाँड हुनेछ ।

समाज लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको ८० हजार ७०० कित्ता शेयर निष्कासन गरेकोमा आइतबार साँझ ५ बजेसम्म १२६ गुणा बढी माग परेको छ।

कम्पनीको आईपीओमा ४ लाख ७९ हजार ४५४ वटा आवेदन मार्फत एक करोड एक लाख ८८ हजार ६७० कित्ता शेयरका लागि आवेदन परेको छ । जुन सर्वसाधरणका लागि निष्कासन गरेको शेयरको १२६।२५ गुणा बढी हो ।

कम्पनीको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । यो कम्पनीको आईपीओ ८ हजार ८६७ जना आवेदकले १० कित्ताका दरले पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS