Connect IPS
IME Life

डिशहोमको डिजिटल रेट्रो ईङलिस सांगीतिक प्रतियोगिताको दोस्रो राउण्डका लागि १० जना छनोट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिशहोमले सुरु गरेको डिजिटल रेट्रो ईङलिस सांगीतिक प्रतियोगिता द स्ट्रीङ्गको दोस्रो राउण्ड सुरु भएको छ । पहिलो राउण्डमा थुप्रै प्रतियोगीहरुले सहभागीता जनाएका मध्ये १० जना उत्कृष्ट प्रतिस्पर्धी २०७७ भाद्र ६ गते छनोट भएका छन् ।

सहभागीहरुले अपलोड गरेको भिडियोमा आएको अनलाईन भोटिङ्ग र उत्कृष्ट प्रस्तुतीको आधारमा निर्णायकहरु पेम्बा लेप्चा, निर्भाणा चौधरी र युलिया कोईरालाले उत्कृष्ट १० जना छनोट गरेका हुन् ।

Prabhu
Crest

छनोट भएका प्रतिस्पर्धीहरु क्रमशः दर्पन निरौला, शिभाना श्रेष्ठ, युरिका श्रेष्ठ, तुसिता मास्के, स्वर्निम श्रेष्ठ, म्रिनल मानन्धर, सदिक्षा पोख्रेल, रिया श्रेष्ठ, सम्राट पोख्रेल र योगेन राई रहेका छन् ।

दोस्रो चरणमा पुगेका प्रतिस्पर्धी बिचको सांगीतिक प्रतियोगीता अब झन उत्साहजनक र रोचक हुने कम्पनीले जनाएको छ । तेस्रो चरणमा प्रवेश गर्नका लागी र टप ५ भित्र समावेश हुनकालागी प्रतिस्पर्धीहरुले अझ उत्कृष्ट र दमदार प्रस्तुती देखाउनु पर्ने जनाएको छ ।

तीन राउण्डमा संचालन हुने यो सांगीतिक प्रतियोगीतामा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गरेका थिए ।

७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगीता मार्फत भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने डिशहोमले अपेक्षा राखेको जनाएको छ ।

उक्त प्रतियोगीतामा सहभागी हुन ईच्छुक तर कारणवस सहभागीता जनाउन नससेकाहरुका लगि भने विभिन्न समयमा डिशहोमले संचालन गर्ने क्वीज, गेमहरु मार्फत डिशहोम संग जोडिन सक्ने बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS