Connect IPS
IME Life

कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ती गरेको एनएमबिको एकीकृत कारोबार सुरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकले सुदूरपश्चिमको कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ती गरी आजदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकले साउन २५ गते कञ्चन डेभलपमेण्ट बैंकलाई विलय गर्न एनएमबि बैंकलाई अन्तिम स्वीकृति दिएको थियो । गत माघ २६ गते एनएमबि बैंकले कञ्चन डेभपमेन्ट बैंकलाई खरीद गर्ने प्रारम्भिक सम्झौता गरेकोमा गत जेठ २५ गते अन्तिम हस्ताक्षर गरेका थिए ।

Prabhu
Crest

एनएमबिले कञ्चनलाई १०० कित्ता शेयर बराबर ८५ कित्ताको अनुपातमा खरीद गरेको हो । योसँगै कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीहरुले १०० कित्ताबराबर एनएमबि बैंकको ८५ कित्ता शेयर पाउने छन् ।

कञ्चन डेभलपमेण्ट बैंक प्राप्तिपछि एनएमबि बैंकको सुदूरपश्चिम क्षेत्रमा बलियो उपस्थिति कायम भएको छ। बैंकले यसअघि ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरे प्रदेश नम्बर ४ मा बलियो उपस्थिति बनाएको थियो।

कञ्चन प्राप्तिपछि एनएमबि बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड पुग्ने छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS