Connect IPS
IME Life

शिखर इन्स्योरेन्सलाई इक्राबाट ‘ए’ रेटिङ, उत्कृष्ट कम्पनीहरुको सूचिमा उक्लियो शिखर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स देशकै उत्कृष्ट कम्पनीको रुपमा क्रेडिट रेटिङ एजेन्सी इक्राबाट ए रेटिङ पाउन सफल भएको छ । बीमा व्यवसायको आधारमा शिखर इन्स्योरेन्स पहिलो नम्वरको कम्पनी हो ।

इक्रा नेपालले सन् २०२० को फ्रेबुअरीसम्मको वित्तीय विवरण विश्लेषण गरेर रेटिङ गरेको जनाएको छ । कम्पनीको जोखिम, मुनाफा र तरता लगायतका वित्तीय विवरण अध्ययन गरेर सार्वजनकि गरेको रेटिङ अनुसार शिखर इन्स्योरेन्सले ए प्राप्त गरेको जनाइएको छ ।

Prabhu
Crest

क्रेडिट रेटिङ एजेन्सी इक्राले शिखर इन्स्योरेन्समा जोखिम न्यून रहेको, पर्याप्त पुनर्बीमाको व्यवस्था गरेको तथा सोल्भेन्सी रेसियो २.५ रहेको भन्दै ए लागि योग्य भएको इक्राले विवरण दिएको छ । इक्राले भनेको छ, ‘नियमनकारी निकायले सोल्भेन्सी रेसियो १.५ वा सो भन्दा माथि हुनुपर्ने निर्धारण गरेको अवस्थामा शिखर इन्स्योरेन्सको सन् २०१९ को मध्य जुलाईसम्ममा सोल्भेन्सी रेसिया २.५ गुणा भएको उल्लेख छ । इक्राले सन् २०१६ देखि २०१९ सम्मको तीन वर्षमा लगानीकर्ताहरुलाई दिएको प्रतिफललाई समेत ए रेटिङको लागि योग्य भएको उल्लेख गरेको छ ।

इक्राले बजारमा बलियो उपस्थिति, कुशल व्यवस्थापन, पुनर्बीमाको व्यवस्था, सोल्भेन्सी रेसियो र तरलताको अवस्था, कम्पनीले दिने प्रतिफलको विश्लेषणको आधारमा ए रेटिङ गरिएको जनाएको छ । इक्राले शिखरले पुनर्बीमा गरेको भारतीय कम्पनीको समेत रेटिङ राम्रो रहेकोले समेत पुनर्बीमामा समस्या नरहेको जनाएको छ ।

इक्रा नेपालले नेपालका ठूला र बढि प्रतिफल दिने बैंकहरु नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंकलगायतका सीमित कम्पनीलाई मात्रै ए वा सो भन्दा बढि रेटिङ दिएको छ । ए रेटिङ पाएसँगै कम्पनीको बलियोपना, विश्वासनीयता, प्रतिफल सुनिश्चित गर्ने कम्पनीको शिखर इन्स्योरेन्सले आफूलाई स्थापित गर्न सफल भएको छ । कम्पनीले कोरोना महामारीका बीचमा पनि बीमा बजारमा आफ्नो हिस्सा बढाउन सफल भएको छ ।

शिखर इन्स्योरेन्स राजधानी उपत्यकामा आधार बनाएर विभिन्न उद्योग व्यवसाय गर्दै आएका चर्चित उद्यमीहरुको मुख्य लगानी रहेको छ । कम्पनीमा दिप प्रकाश पाण्डे सिईओ छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS