Connect IPS
IME Life

कोरोना बीमाबापत ४२ करोड बीमा शुल्क संकलन, बीमा दावी तीन करोड नाघ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले कोरोना महामारीमा जनतालाई राहत दिने उद्देश्यले ल्याएको कोरोना बीमा शुल्क बापत हालसम्म ४२ करोड भन्दा बढि रकम संकलन भएको छ । बीमा पुलमा संकलन भएको सो रकम मध्ये तीन करोडभन्दा बढि दावी भुक्तानीको लागि आवेदन परेको बीमा पुलले जनाएको छ ।

कोरोना बीमामा हालसम्म सात लाख ४६ हजार ८५० जनाले जोखिम रक्षावरण गरेको बीमा पुलले जनाएको छ । नेपालमा सञ्चालित २० वटा बीमा कम्पनीहरुले २० हजार ३०३ वटा बीमा पोलिसीमार्फत ४२ करोड १० लाख २९ हजार ९८२ रुपैयाँ कोरोना बीमा शुल्क संकलन भएको बीमा पुलको कार्यालयले जनाएको छ । यद्यपि बीमा पुलको कार्यालयमा कतिपय कम्पनीहरुले तथ्याङ्क पठाउनै बाँकी रहेकोले अझै थप हुने देखिएको छ ।

Prabhu
Crest

पछिल्लो समय कोरोना बीमा गर्नेको संख्या औषतमा दैनिक आठ हजारभन्दा बढि रहेको छ । सरकारले ५० प्रतिशत अनुदान दिएपछि कोरोना बीमा गर्नेहरुको संख्या थप बढ्ने अनुमान गरिएको छ । त्यस्तै, सरकारी कर्मचारीहरुलाई कोरोना बीमा निशुल्क गर्ने व्यवस्था मिलाएपछि विभिन्न सरकारी कार्यालयहरुले पनि कोरोना बीमा गर्ने क्रम जारी छ ।

कोरोना बीमा पोलिसी बिक्री गर्नेहरुमा सबैभन्दा अगाडि शिखर इन्स्योरेन्स रहेको छ । सो कम्पनीले हालसम्म आठ करोड १० लाख भन्दा बढि रुपैयाँको बीमा पोलिसी बिक्री गरिसकेको छ । त्यस्तै, दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ भने तेस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । सिद्धार्थले साढे तीन करोड र सगरमाथाले तीन करोड ४० लाख रुपैयाँ भन्दा बढिको कोरोना पोलिसी बिक्री गरिसकेको छ ।

यसैबीच, बीमा कम्पनीहरुले कोरोना बीमामाथि तीन करोडभन्दा बढि दावी परेको छ । हालसम्म ३२३ जना बीमितलाई कोरोना संक्रमण पुष्टि भएको छ । सो मध्ये ६७ जनाको दावी भुक्तानी भइसकेको छ भने २५६ जनाको दावी भुक्तानी बाँकी छ । सो मध्ये दुई करोड ४५ लाख रुपैयाँ अबको केही दिनभित्रैमा भुक्तानी हुने छ भने ६३ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको बीमा पुलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS